नियम ११
लेखा र लेखापरीक्षण

११. लेखा र लेखापरीक्षण

(१) अर्थ मन्त्रालयबाट अख्तियारी बमोजिमको प्राप्त रकमको लेखा र लेखापरीक्षणको श्रेस्ता जिल्ला विकास समितिको कार्यालयले राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त रकमको आन्तरिक र अन्तिम लेखापरीक्षण स्थानीय निकाय आर्थिक प्रशासन नियमावली बमोजिम गर्नु गराउनु पर्नेछ ।